`

कार्कीले पाएनन् विश्वासको मत, कोशीमा ढल्यो एमाले सरकार

Nepal One HD १५ असार २०८० १४:०४
प्रमुख खबर

विराटनगर / कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मत लिने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।

९३ सदस्यीय प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको हो ।

आजको बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए ।

कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।


प्रतिक्रिया