खाँदबारी कारागारमा कैदीबीच कुटाकुट, दुईजनाको मृत्यु
प्रमुख खबर
संखुवासभा / संखुवासभा सदरमुकाम खाँदबारी कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ ।
आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।
बुधबार बिहान दुई बजे शौचालयको रड काटेर भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुन कारागारमा राखेका थिए । त्यसपछि करिब पाँचबजे कारागारमा हल्लाखल्ला मच्चिएको र प्रहरी पुगेर हेर्दा उनीहरू गम्भीर अवस्थामा घाइते फेला परेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
