`

 नेकपा एमालेले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनीका युवा राख्ने 

Nepal One HD ३० साउन २०८० ९:१५
प्रमुख खबर

काठमाडौँ  नेकपा एमालेले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनीका युवा राख्ने भएको छ ।

हिजो बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्ने निर्णय गरेको हो । 

यस्तै एमालेले जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा तथा टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । एमालेले पार्टीमा युवा सहभागिताको सुनिश्चितता गरेको प्रचार विभाग सचिव गगन विष्टले बताउनुभयो । एमालेले आगामी असोज मसान्तसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ । 

एमालेले भदौ १६–१७ मा लुम्बिनी,  असोज ५–६ मा मधेस,  असोज ८–९ मा बागमती,  असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी,  असोज १५–१६ मा गण्डकी,  असोज १९–२० मा उपत्यका विशेष र  असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।   


प्रतिक्रिया