`

मन्त्री किरातीलाई प्रश्नः किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?

Nepal One HD ६ पुष २०८० ९:२९
प्रमुख खबर

काठमाडौं । क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन्’ भन्ने अभिव्यक्तिका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराती यतिबेला विवादमा तानिएका छन् । उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।

नेकपा एमालेका नेता डा. भीम रावलले पनि किरातीलाई तपाईंको पुर्खा क्रिश्चिय थिए ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्नः के मन्त्री सुदनका पुर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले ’मुन्धुम’ मान्नु के देशद्रोह हो ? यस्ता प्रश्नको जवाफ चाहियो ।’

बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सवलाई सम्बोधन मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको राप्रपालगायतका दल तथा विभिन्न संघसंस्थाले राजीनामा मागेका छन् । तर मन्त्री किरातीले आफूले सबै धर्मको सम्मान गर्ने भन्दै आफनो अभिव्यक्तिलाई अन्यथारुपमा नबुझ्न आग्रह गरेका छन् ।


प्रतिक्रिया