`

कांग्रेस नरहे मुलुक कुनै न कुनै रुपमा द्वन्द्वमा फस्छ– महामन्त्री थापा

Nepal One HD १४ पुष २०८० १६:२४
प्रमुख खबर

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकार चलाउने कुरामा कांग्रेसले योग्यता राख्न नसकेको तर्क गरेका छन् । शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले ठूलो पार्टी कांग्रस रहेपनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताएका हुन् ।

उनले प्रचण्डलाई सरकारमा पुराएको कांग्रेसले चाहे सरकारबाट हटाउन सक्ने हैसियत पार्टीमा रहेको उल्लेख गरे ।
कांग्रेस संसदको ठूलो पार्टी भएपनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए ।
थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरुले ज्यान गुमाउन परेको धारणा राखे ।

उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्नेमा जोड दिए । त्यस्तै थापाले पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए । उनले मुलुकको परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको र अव कांग्रेस नरहे मुलुक कुनै न कुनै रुपमा द्वन्द्वमा फस्ने बताए ।


प्रतिक्रिया