`

खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

Nepal One HD १७ पुष २०८० १३:३२
प्रमुख खबर

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहित प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको बिकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताउएका हुन् ।

खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिबेशमा भिज्न योगदान पुराउने उनले बताए । उनले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको पनि धारणा राखेका छन् । शिक्षण सिकाईका रुपमा खेलकुदलाई सवै बिद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया