`

मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने होः पूर्वराजा शाह

Nepal One HD १८ पुष २०८० १५:१८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेट गरेका छन् । बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेताहरु बुद्धिमान तामाङ, धवलशम्सेर राणा र दीपकबहादुर सिंहले भैरहवामा पूर्वराजासँग सामूहिक भेट गरेका हुन् ।

भेटमा पूर्वराजा शाहले आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने बताएको राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले बताएका हुन् । मिश्रले पूर्वराजाको भनाई भन्दै सामाजिक संजालमा लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’


प्रतिक्रिया