राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड टुंग्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा
काठमाडौ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सिटको भागबण्डा टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसिरहेको छ । अपरान्ह ३ बजदेखि सुरु भएको बैठकमा आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भागबण्डा टुंग्याउने विषयमा छलफल भएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी छन् । सत्ता गठबनधनको बैठक सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओलीबीच पनि बालुवाटारमा छलफल हुने बताइएको छ । यससंगै बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेजस्ता विषयमा पनि छलफल हुनेछ ।
१९ सिटका लागि माघ ११ मा राष्ट्रिय सभा सदस्यको चुनाव हुँदैछ । त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
