`

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट

Nepal One HD १९ पुष २०८० १३:०२
प्रमुख खबर

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार दिउँसो विदेशमन्त्री जयशंकरले सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

काठमाडौं ओर्लिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटपछि उनी प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।


प्रतिक्रिया