लिखु-२ जलविद्युत् आयोजनाले विना सूचना बाँध खोल्दा जलिरहेको शव बगायो
प्रमुख खबर
मन्थली । लिखु–२ जलविद्युत आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको छ । शव लिएर गएका केही मलामी समेत सम्पर्कविहीन छन् ।
शनिबार रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङमा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा जलविद्युत आयोजनाले ड्याम खोलिदिएपछि शव बगाएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए ।
पोष्टमाटम पछि शव लिएर गएका मलामीहरू पनि केही सम्पर्कमा नआएको बस्नेतले जानकारी दिए । शनिबार साँझ करिब ६ बजे तिर एक्कासी खोलामा बाढी आएपछि मलामीको भागामाग भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
