उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

प्रमुख खबर

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको हृदयघातका कारण निधन भएको छ । न्यायाधीश मातृका मरासिनीको हृदयघातका कारण निधन भएको हो । मंगलबार घरमै हृदयाघात भएका उनलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको थियो ।
तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट