`

दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुन्छ : कृषि मन्त्री

Nepal One HD ५ चैत २०८० १७:२५
अर्थ समाचार

काठमाडौ । कृषिमन्त्री ज्वालाकुमारी साहले दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित दुधपान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले निजी क्षेत्रबाट किसानहरुलाई चार अर्ब र डिडिसीबाट दुई अर्ब भूक्तानी गर्न बाँकी रहेको देखिएकाले डिडिसीका तर्फबाट ऋण स्वरुप ३० करोड रुपैयाँ निकासा गर्न स्वीकृत भइसकेको जानकारी दिइन् ।

उक्त रकम एक हप्ताभित्र किसानको हातमा पुग्ने उनले दावी गरिन् । उनले पशु बिमा कम्पनी सञ्चालन गर्न ४८ करोड रुपैया स्वीकृत प्रदान गरिसकेको जानकारी दिइन् । मन्त्री साहले दुध उत्पादन गरे अनुसार बिक्रिको समस्या देखिएको भन्दै सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरि सहज रुपमा दुध बिक्रिको व्यवस्था गरिने बताइन् । उनले विद्यालय दिवा खाजा कार्यक्रममा कम्तीमा एक गिलास दुध अनिवार्य रुपमा दिनुपर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । नेपाल डेरी एसोसिएसनको आयोजना र दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौंको प्रोलिफिक माविमा दुधपान कार्यक्रम आयोजना गरिएको हो ।


प्रतिक्रिया