प्रधानमन्त्रीद्वारा हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले बेलिब्रिजको उद्घाटन गरेसँगै नेपाली सेनाले ४० दिन लगाएर जडान गरेको बेलिब्रिज पुलले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
झन्डै तीन दशकको प्रयासपछि कर्णाली करिडोर यो पुल निर्माणपछि सिधा सञ्चालनमा आउनेछ । नेपाली सेनाले करिब साढे ६ करोडको लागतमा पुल निर्माण गरेको हो । पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर–दक्षिण यातायातको ढोका खोलेको छ ।
हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसाथ कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमकोट सडक आयोजना सुरु भएको थियो । सडकको हुम्ला खण्डको दूरीमध्ये कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट सुरु गरी २०७८ सालमा सम्पन्न गरेर सडक विभागलाई जिम्मा लगाएको थियो ।