`

‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक(फोटोफिचर)

Nepal One HD २४ असार २०८२ १७:०७
प्रमुख खबर

काठमाडौँ । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित सात सदस्यीय विशेष समितिको पहिलो बैठक मंगलबार बसेको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बसेको हो । समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् ।

समिति सदस्यमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *