`

एमाले पोलिटब्यूरो बैठक सुरु (तस्बिरहरू)

Nepal One HD २ साउन २०८२ १५:०९
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । एमालेमा ९९ सदस्यीय पोलिटब्युरो कमिटी छ ।

बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्‍याउनुपर्ने अनौपचारिक सहमति गरेको छ ।

सचिवालय बैठकले ७० वर्षे उमेरहद, २ कार्यकाल, पदाधिकारी सङ्ख्या र विधान महाधिवेशन प्रतिनिधिबारे केही नयाँ निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *