`

पशुपतिनाथ मन्दिरमा पानीको झरीका बिच भक्तजन (फोटोफिचर)

Nepal One HD २६ साउन २०८२ ९:०३
फिचर

काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पानीको झरीका बिच साउन महिनाको अन्तिम सोमबार बिहान पूजाअर्चनाका लागि भक्तजनको धुँइचो देखिएको छ । मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।तस्बिर: हरिराम भेटुवाल / रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *