`

तस्बिरमा हेर्नुहोस् पञ्चदान पर्वको रौनक

Nepal One HD ५ भदौ २०८२ १३:४१
अध्यात्म

भक्तपुर । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा भक्तपुरका नेवार समुदायको बौद्ध धर्मालम्बीहरु आज पञ्चदान पर्व मनाउदै छन् ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ ।

आजको दिनमा अन्न, गेडागुडी फलफूल सख्‍खर पानी ९सर्वत० र औषधिको दान गर्ने गरिन्छ । दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको काठमाडौंको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ ।

पञ्चदान दिने परम्परा अनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि गच्छेअनुसार चढाउने परम्परा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *