`

नयाँ आध्यात्मिक गीत ‘शिवोहम्’ सार्वजनिक: न्ह्यु बज्राचार्यको संगीतमा बानिकाको स्वर

Nepal One HD ५ भदौ २०८२ १४:०७
अध्यात्म

काठमाण्डौ । चर्चित गायिका बानिका प्रधानको निकै प्रतीक्षित आध्यात्मिक गीत “शिवोहम्” आज सार्वजनिक गरिएको छ। यस गीतमा सबैलाई आध्यात्मिक उर्जा र सत्कर्ममा उत्प्रेरित गर्ने उद्देश्य समावेश गरिएको छ।

गीतका रचनाकारहुन् नर्बदा श्रेष्ठ, स्वर दिएकी छिन् बानिका प्रधान, संगीत रहेको छ न्ह्यु बज्राचार्यको र भिडियो सम्पादन गरेका हुन् भेट्रान भिज्वल एडिटल अनिल ताण्डुकारले ।

गीतको उद्देश्य र भाव बारे संगीतकार न्ह्यू बज्राचार्यका भन्छन्, “यो गीतमा आराध्यदेव महादेवको आराधना केन्द्रित ध्यान, उर्जा र शक्तिको सूक्ष्म तत्वहरूलाई संगीत सृजनामा समेट्ने प्रयास गरेको छु।”

गीतमा प्रस्तुत श्लोकहरूमा आत्मसमर्पण र शिवत्वको अनुभूति स्पष्ट रूपमा व्यक्त गरिएको छ, जस्तै:

“निराकार स्वरुप या साकार रूप, अन्तरिक्षमा छौ या अन्तरमनमा विराजमान…”
“दियो बल्न कपास जल्छ, कपास जलेरै प्रकाश छर्छ…”

यी पंक्तिहरूले भगवान शिवको अनन्त चेतना र आत्म-साक्षात्कारको अनुभूति जगाउँछन्।

गायिका बानिका प्रधान: एउटा परिचय
बानिका प्रधान भारतको दार्जिलिङमा जन्मिएकी हुन्। उनले सात वर्षसम्म शास्त्रीय संगीत प्रशिक्षण प्राप्त गरेकी थिइन् र हाल काठमाडौंमा पनि संगीत अध्ययन जारी राखिरहेकी छिन्।

संगीत क्षेत्रमा प्रवेश
उनले सन् २००५ मा “हिमालयन आइडल” प्रतियोगितामा उपाधि जितेर आफ्नो संगीत यात्रा सुरु गरिन्। त्यसपछि “कन्फेक्शन” (२०११), “मायालु आभास” (२०१६), “रिभर्थ”, र “मिर्मरे” जस्ता एल्बममार्फत आफ्नो पहिचान बलियो बनाइन्।

उनी पर्दापछाडी बसेर यो दिब्य कोशिसमा सहयोग गर्ने टीमप्रति कृतज्ञता जाहेर गर्दै भन्छिन्,  ‘गीत सिर्जनामा गायन मात्र होइन, सम्बद्ध सम्पूर्णको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *