`

‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

Nepal One HD १२ भदौ २०८२ १४:३४
अध्यात्म

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका छन् ।

काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटनपछि मन्त्री सिंहले अहिलेको अवस्थामा समाजमा सहकार्य र सद्भाव जरुरी रहेको बताउँदै सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउने विश्वास व्यक्त गरेका हुन्। उनले सत्सङ्ग र सन्तलाई बस्ने, खाने, ध्यान गर्ने केन्द्रको सुविधाका लागि सबैले आफूले सक्ने सहयोग गर्नुपर्ने धारणा राखेका छन्। भवन निर्माणप्रति आफू पनि सकारात्मक रहेको उनको भनाइ छ ।

बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सहिदिशातर्फ डोर्याउन सत्सङ्ग अत्यन्त जरुरी रहेको अनुवभ सुनाएका थिए । काठमाडाँै महानगरपालिका–१० मा रहेको कवीर सत्सङ्ग आश्रममा आपूm सानैदेखि ध्यानकर्म गर्दै र कविरका सत्यवचन सुन्दै आएको बताउदै सांसद श्रेष्ठले सन्तको व्यवस्थापनमा भवन बनेकोमा खुसी व्यक्त गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले टोल र समाजमा सद्विचारको प्रवाह गर्न आश्रम प्रभावकारीस्थल रहेको बताए । आश्रमका प्रमुख आर्दश दासले विसं २०५३ मा कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको स्थापना भएको बताउँदै भवन निर्माण भएपछि देशविदेशबाट आउने सन्तगुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सहज भएको बताएका थिए । उनले भने, “सत्सङ्ग जहाँ छन्, त्यहाँ शुभ हुन्छ । सोही विश्वासअनुसार सबै सत्सङ्गमा लाग्नुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *