`

‘परान’ को प्रचारका लागि नेपाल आइपुगिन् पूजा

Nepal One HD १० कार्तिक २०८२ १४:५०
चलचित्र

काठमाडौँ । अभिनेत्री पूजा चन्द चलचित्र परानको प्रचारका लागि नेपाल आएकी छन् । सोमवार संयुक्त राज्य अमेरिकाबाट त्रिभुवन विमानस्थल हुँदै चलचित्र प्रचार प्रसारका लागि नेपाल आएकी हुन् । नेपाल आएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन् । चलचित्र परानका निर्देशक दीपक आर्चाय (काकु) सँग छलफल गरेर नेपाल आएको बताइन् ।

उनले भनिन्, ‘अब फिल्म रिलिज हुने कुरा भयो, अब जाने कि नजाने भन्ने कुरा भइराखेको थियो । अनि फेरि उहाँसँग कुरा भयो, अनि उहाँसँग कुरा हुँदा दिदी आउन पाए राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो । मेरो श्रीमानले पनि अहिले चाहिँ फेरि ट्रेन्ड नै रहेछ अब कलाकारहरू चाहिँ स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने, अनि त्यो कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन गर्‍यौँ ।’

कार्तिक १४ मा प्रदर्शन हुन लागेको चलचित्र परानमा उनी आमाको भूमिकामा छिन् । दीपकप्रसाद आचार्यबाट निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *