`

गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने

Nepal One HD २९ पुष २०८२ ९:१३
अध्यात्म

कैलाली – यहाँको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ ।

देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो ।

माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष जोशीले बताउनुभयो । मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहने उहाँले बताउनुभयो ।

धार्मिक अनुष्ठान अवधिभर देशभरका श्रद्धालु, विभिन्न सामाजिक र धार्मिक सङ्घसंस्थाको सहभागिताका लागि निम्ता तथा आवश्यक प्रचारप्रसार भइरहेको विकास समितिले जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *