धुरन्धरले कमायो नेपालमा १० करोड
चलचित्र
काठमाडौं । धुरन्धर २ अर्थात ‘धुरन्धर : द रिभेन्ज’, आदित्य धार निर्देशित बलिउड फिल्मले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ। फिल्मले अघिल्लो भागको आम्दानीलाई समेत पार गर्ने संकेत देखिएको छ।
आइतबार दिउँसो १२ बजेसम्म रणवीर सिंह अभिनित यो स्पाइ–एक्सन फिल्मले १० करोड ४७ लाख १७ हजार ८११ रुपैयाँ ग्रस कमाइ गर्दै १० करोडको आँकडा पार गरेको छ।
यद्यपि, यो कमाइ मात्रैले फिल्मको लगानी उठ्ने अवस्था भने छैन। नेपाली वितरकको लगानी फिर्ता हुनका लागि फिल्मले कम्तीमा साढे १७ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाउनुपर्ने देखिन्छ।
दोस्रो सातादेखि हलबाट वितरकले पाउने सेयर घट्ने भएकाले लगानी उठ्ने–नउठ्ने विषय अझै अनिश्चित छ। तर, भारतसहित विश्व बजारमा भने फिल्मले उल्लेखनीय व्यापार गरिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
