`

अस्पतालमा फोटो खिच्ने पापाराजीमाथि खनिए सलमान खान

Nepal One HD ६ जेठ २०८३ १६:४३
प्रमुख खबर

एजेन्सी। बलिउड अभिनेता सलमान खानले अस्पताल परिसरमा तस्बिर खिच्ने पापाराजी पत्रकारहरूप्रति असन्तुष्टि जनाएका छन् ।

हालै मुम्बईको एक अस्पतालमा निजी भेटका लागि पुगेका बेला बाहिर निस्कने क्रममा फोटोग्राफरहरूले लगातार तस्बिर खिच्न थालेपछि सलमान आक्रोशित बनेका थिए । उनले अस्पतालजस्तो संवेदनशील स्थानमा गोपनीयताको सम्मान गर्नुपर्ने बताएका छन् ।

घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अस्पतालमा मानिसहरू स्वास्थ्य समस्या र पीडासँग जुधिरहेको अवस्थामा त्यसलाई मनोरञ्जनको सामग्री नबनाउन आग्रह गरेका छन् ।

सलमानले लामो समयदेखि मिडियासँग सहकार्य गर्दै आएको उल्लेख गर्दै यस्ता परिस्थितिमा जिम्मेवार व्यवहार आवश्यक रहेको बताएका छन् । उनले ‘यदि आफ्नै परिवारका सदस्य अस्पतालमा भएको भए कस्तो व्यवहार गरिन्थ्यो ?’ भन्ने प्रश्न पनि उठाएका छन् ।

घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । धेरैले अस्पताल परिसरमा गोपनीयता र मर्यादा कायम हुनुपर्ने भन्दै सलमानको भनाइलाई समर्थन गरेका छन् ।

केहीले भने सेलिब्रेटी र पापाराजी संस्कृतिबीचको सम्बन्धबारे पुनः बहस आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *