`

बाढी गएको ११औँ दिनमा त्रिशूली-१ को टनेलबाट चिनियाँ नागरिकको जीवितै उद्धार [तस्बिरहरु]

Nepal One HD २० भदौ २०८३ १३:४७
फोटोफिचर

काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-४ टनेलबाट ११ दिनपछि एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको विपद् विज्ञ टोलीले केहीबेरअघि संयुक्त रूपमा टनेलभित्रबाट उनको उद्धार गरेको हो।

उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदैछ। त्यसपछि उनको स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक उपचार गरिने बताइएको छ।

गत भदौ १० गते आएको भीषण बाढीपछि उनी उक्त टनेलमा फसेका थिए। बाढी गएको ११औँ दिनमा उनको जीवितै उद्धार गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *