देवीघाटमा सेनाले धमाधम बनाउँदै ६० मिटरको पुल [तस्वीरहरू]
फोटोफिचर
नुवाकोट। भदौ १० गतेको बाढीले त्रिशूली नदी आसपासका पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि प्रभावित बनेको आवागमन सहज बनाउन नेपाली सेनाले देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र पारेको छ।
विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजले ६० मिटर लामो पुल निर्माण गरिरहेको हो। ५.५ मिटर चौडाइको उक्त पुलले ५० टनसम्म भार थेग्न सक्ने जनाइएको छ।
बाढीले पुल र सडक बगाएपछि देवीघाट तथा आसपासका बस्तीको यातायात सम्पर्क प्रभावित भएको थियो। पुल निर्माण पूरा भएपछि केही दिनमै सवारीसाधन सञ्चालनसँगै स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
सेनाले तत्काल यातायात सम्पर्क जोड्ने उद्देश्यले निर्माणलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको












