`

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

Nepal One HD २१ भदौ २०८३ २०:०३
प्रमुख खबर

खोटाङ। खाेटाङकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ विस्फोटक पदार्थ फेला पारेका हुन् ।

स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्रै निष्किृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिए। द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए।

बेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ निष्किृय पार्ने समय नभएपछि आसपासका क्षेत्रमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ । बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा सो बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो । व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प अन्यत्र सारेपछि स्थानीयले खेतीपातीको काम गर्दा विस्फोटक पदार्थ फेला पार्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *