मन्थलीमा गाडी दुर्घटना,२८ वर्षीय तामाङको मृत्यु
प्रमुख खबर
रामेछाप । मन्थली नगरपालिका–१ स्थित बिटारपार्क नजिकै भित्री सडकमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
शुक्रबार साँझ रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटा योद्धा गाडी अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल सुकाजोर खोलामा खसेको थियो ।
दुर्घटनामा दोलखाको भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सन्जित तामाङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइएकोमा राति ९ः०३ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृतकका दाजु तथा गाडी चालक ३० वर्षीय प्रदीप लामा घाइते भएका छन् ।
उनको ढाडमा चोट लागेको र थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रहरी प्रवक्ता कमल राउतले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
