`

तीजमा माइत जाँदैगर्दा निस्ती खोलाले बगाएकी महिलाको शव फेला

Nepal One HD २९ भदौ २०८३ १५:२४
प्रमुख खबर

गुल्मी । निस्ती खोलाले बगाएर बेपत्ता भएकी गुल्मीको मुसिकोट नगरपालिका–५ इन्द्रेगौंडाकी २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ ।

आइतबार साँझ करिब ७ बजे मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । उनी मुसिकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४ हुलमा रहेको माइतीघर जाँदै थिइन् ।

घटनालगत्तै स्थानीयवासी र प्रहरीले खोजी सुरु गरेका थिए । खोजीका क्रममा सोमबार दिउँसो अमराईको ठुला पहरास्थित निस्ती खोलामा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भइरहेको छ ।

पुनको खोजीका लागि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *