`

भोटेकोशी बाढी : १४ शव पहिचान, ८१ जनाको डीएनए सङ्कलन

Nepal One HD ३१ भदौ २०८३ १७:४४
प्रमुख खबर

चितवन। रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डीएनए नमूना सङ्कलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए।

पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले बताए। हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ। व्यवस्थापन गरिएका सबै शवको डिएनए नमूना सुरक्षित राखिएको उनले बताए।

हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई पनि प्राथमिकता दिएको छ। डीएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशाला पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *