‘संविधानलाई राजनीतिक अस्त्र बनाउन जरुरी छैन’ – राजीव खत्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले संविधानलाई विरोध र समर्थनको राजनीतिक अस्त्र बनाउन आवश्यक नरहेको बताएका छन्।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै खत्रीले एक वर्षअघिको आफ्नो धारणा र अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भनाइबीचको विरोधाभासतर्फ संकेत गरेका हुन्।
उनले लेखेका छन्, ‘एक वर्षअघि : दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ। एक वर्षपछि : अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौँ।’
खत्रीले अहिले संविधानको चिन्ताले कोही ‘मरिच’ हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन्। जनजी आन्दोलनपछि यो पुस्ता संविधानको पक्षमा नउभिएको भए देश फरक स्वरूपको संविधानबाट चलिरहेको हुन सक्ने उनको भनाइ छ।
संविधान संशोधनको विषयमा डराउन आवश्यक नरहेको उल्लेख गर्दै उनले सार्वभौमसत्ता र भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न संविधानले रोक नलगाएको दाबी गरेका छन्।
खत्रीले सामाजिक सञ्जालमा लेखेका छन् –
– एक वर्षअघि: दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ ।
– एक वर्षपछि: अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौं ।
✍️ भो अब संविधानको चिन्ताले कोहि मरिच हुनुपर्दैन । यदि यो पुस्ता यो संविधानको पक्षमा हुँदैन थियो भने जेन जी आन्दोलनपछि दुई पेजको संविधानले देश चल्दै गरेको हुने थियो । संशोधनको मुद्दाले तर्सिनु पनि पर्दैन किन कि यो संविधानले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न रोकेकै छैन । त्यसैले यथार्थता र समाजका सपनालाई समेट्ने गरी संविधान लेखिनुपर्छ, र समाज/राजनीतिको बदलिंदो अपेक्षालाई सम्बोधन गर्ने गरी संविधानमा सुधार हुँदै जानुपर्छ । जनताको चाहाना हुन्छ भने राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत यो संविधान बाधक छैन ।
‘पछाडि फर्किने कुरा स्वीकार्य छैन’ भन्दै ध’म्क्याउँदै संविधानलाई वि’रोध र समर्थनको राजनीतिक अ’स्त्र बनाउन जरुरी नै छैन । संविधानलाई राजनीतिक यथार्थताभन्दा कानुनको साँघुरो घेरामा सीमित गर्न नखोजौ । संविधानलाई कानुनका ‘यान्त्रिक’ पा’सोमा फ’साइयो भने यसले राजनीतिक वै’धता गुमाउँदै जान्छ ।
संविधान दिवसको शुभकामना !
