रास्वपाले टुंग्यायो विभिन्न आयोग–विभागको जिम्मेवारी,ज्ञानेन्द्र मल्ललाई युवा–खेलकुद विभागको उपप्रमुख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न आयोग तथा विभागमा पदाधिकारी र सदस्य नियुक्त गरेको छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगसहित युवा, खेलकुद तथा सशक्तीकरण विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा पदाधिकारी तथा सदस्य मनोनयन गरेको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारी नियुक्त भएका छन्।
त्यसैगरी ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ।अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की नियुक्त भएका छन्।
यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको प्रवक्ता खरेलले
