`

यूएन महासभाका क्रममा खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच भेट, बहुपक्षीय सहकार्यबारे छलफल

Nepal One HD ८ असोज २०८३ ८:५०
प्रमुख खबर

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सिनेटर मोहम्मद इशाक दारबिच संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले नेपाल र पाकिस्तानबिच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे विचार आदान—प्रदान गरे ।

उनीहरूले नेपाल–पाकिस्तान सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए । द्विपक्षीयसँगै बहुपक्षीय तहमा समेत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

विशेष गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पाकिस्तानबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *