`

टेकु कालो पुल क्षेत्रको कोरिडोरको बाटो डुबानमा [तस्वीरहरू]

Nepal One HD ९ असोज २०८३ ११:१६
फोटोफिचर

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंको टेकुस्थित कालोपुल क्षेत्र डुबानमा परेको छ।

नदीको जलस्तर बढेपछि कोरिडोर सडकमा पानी पसेको हो। सडक डुबेपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

डुबानका कारण कोरिडोर हुँदै आवतजावत गर्ने सवारी चालक तथा यात्रुलाई समस्या भएको छ। पानीको सतह अझै बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलाको जलस्तर बढिरहेको छ।

नदी किनार र कोरिडोर क्षेत्रमा रहेका बासिन्दालाई जोखिमको अवस्था हेरेर सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *