`

पहिरोले पृथ्वी राजमार्ग थुनेपछि कुरिनटारमा ट्रकको जाम [तस्वीरहरू]

Nepal One HD ९ असोज २०८३ १५:१३
अर्थ समाचार

काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा ठूलो संख्यामा मालवाहक सवारी रोकिएका छन्।

काठमाडौंंतर्फ जाँदै गरेका ट्रक तथा कन्टेनर राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि कुरिनटारमै रोकिएका हुन्।

राजमार्गअन्तर्गत कृष्णभीरलगायतका स्थानमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा लामो दूरीका मालवाहक सवारीसाधनको आवागमन रोकिएको हो।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण थप पहिरो खस्ने जोखिम कायमै छ। सडक खुलेपछि मात्रै रोकिएका सवारी क्रमशः गन्तव्यतर्फ पठाइने बताइएको छ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं जाने खाद्यान्न, निर्माण सामग्रीलगायतका मालसामान बोकेका सवारीसाधन बाटोमै रोकिएका छन्।

यसले उपत्यकातर्फ हुने आपूर्ति प्रणालीमा समेत असर पर्न सक्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *