`

‘असोज १७ देखि भीषण वर्षा’ हुने सूचना गलत, बोल्यो मौसम विभाग

Nepal One HD १३ असोज २०८३ १९:३६
प्रमुख खबर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ।

मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट पारेको हो। मौसमको गतिविधिमा त्यस्तो कुनै विशेष परिवर्तन नदेखिएको बताउँदै विभागले सर्वसाधारणलाई यस्ता भ्रामक सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

‘नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नआएकाले यस्ता भ्रामक खबरको पछि नलाग्नरनफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ’, सूचनामा भनिएको छ।विभागले मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि आफ्नो वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन अनुरोध गरेको


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *