`

महाकाली नदीले पुलको पोल बगाएपछि दोधारा चाँदनी–भीमदत्त जोड्ने झोलुङ्गे पुलमा क्षति

Nepal One HD १४ असोज २०८३ १०:५०
प्रमुख खबर

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिँएको छ । बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो । पुलमा क्षति भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *