हिमलुङ हिमाल हिउँपहिरो : थप तीन जनाको शव फेला, ९ अझै बेपत्ता
प्रमुख खबर
मनाङ – मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा गएको हिउँपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव बुधबार फेला परेको हो। उनीहरू तीनै जना हिमालयन होलिडेज ट्राभलसँग आवद्ध थिए।
योसँगै यस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने अझै ९ जना बेपत्ता छन्। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि हिमलुङ क्षेत्रमा विशेष उद्धार टोली परिचालन गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
