`

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको विवरण गलत, वास्तविक खर्च २० करोडभन्दा कम : गृहमन्त्री गुरुङ

Nepal One HD १४ असोज २०८३ २०:१०
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का बेला हेलिकप्टर उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको विवरण गलत भएको बताएका छन्। उनका अनुसार वास्तविक खर्च १४ देखि २० करोड रुपैयाँको हाराहारीमा छ।

रसुवाका बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजार रुपैयाँ भाडा उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। ठूलो परिवारलाई थप २ हजार रुपैयाँ दिइनेछ।

सरकारले प्रभावितका लागि दुई कोठे अस्थायी आवास निर्माण गर्नुका साथै दीर्घकालीन रूपमा व्यवस्थित टाउनसिपमार्फत पुनर्वास गर्ने योजना बनाएको गुरुङले जानकारी दिए। विपद् पूर्वतयारीका कमजोरीको समीक्षा गर्न छुट्टै समिति गठन गर्ने निर्णयसमेत भएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *