देउवा समूहको महाधिवेशनसम्बन्धी पत्र आयोगमा अभिलेख, कांग्रेस विवादमा थप निर्णय भएन
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्र निर्वाचन आयोगले अभिलेखमा राखेको छ।
शेरबहादुर देउवाले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहित आयोगलाई पत्र पठाएका थिए। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार पत्र प्रशासनिक प्रक्रियाअन्तर्गत दर्ता गरिएको हो
।उनका अनुसार गगन थापा नेतृत्वको कांग्रेसलाई आयोगले मान्यता दिइसकेको र विवाद सर्वोच्च अदालतबाट निरुपण भइसकेकाले आयोगले अहिले कुनै थप निर्णय गरेको छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
