`

काठमाडौंमा दसैँ–तिहार सुरक्षा कडा बनाइँदै, २२ प्रकारका ड्युटीमा प्रहरी परिचालन हुने

Nepal One HD १६ असोज २०८३ १८:५५
प्रमुख खबर

काठमाडौं । दसैँ–तिहारलाई लक्षित गर्दै काठमाडौंमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक दानबहादुर थापाले पत्रकार सम्मेलनमा सादा पोशाक र बर्दीमा प्रहरी खटाइने जानकारी दिए। उनले जोखिम बढेमा आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या थपिने बताए। चोरी, ठगी, लुटपाट र दुर्व्यवहार नियन्त्रणका लागि २२ प्रकारका ड्युटीमा प्रहरी खटाइनेछ। साथै, नाकामा चेकजाँच, कुकुर परिचालन र सीसीटीभीमार्फत निगरानी गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *