६ दिनपछि खुल्यो बेँसीसहर-चामे सडक
प्रमुख खबर
लमजुङ । बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ। सडकमा खसेको पहिरो र थुप्रिएको ढुङ्गामाटो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको हो।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मनाङको नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको हो।
बाढीपहिरोले सडकका विभिन्न खण्डमा क्षति पुर्याउनुका साथै कतिपय ठाउँमा सडक भासिएको थियो। अवरोध हटेसँगै मनाङतर्फ आवतजावत गर्ने यात्रु तथा खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।
बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग हो। वर्षायाममा बाढीपहिरोका कारण यो सडक पटकपटक अवरुद्ध हुँदा स्थानीयको आवागमन र आपूर्ति व्यवस्थामा समस्या हुँदै आएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
