रविलाई ज्ञानेन्द्र शाहीको धन्यवाद – ‘जुम्लाको स्याउ बजारमा रहँदासम्म विदेशी स्याउ रोकियोस्’
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ वितरण गरेर प्रचारमा सहयोग पुर्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।
शाहीले जुम्लाको स्याउ बजारमा उपलब्ध रहँदासम्म विदेशबाट स्याउ आयात रोक्न सरकारसँग आग्रह गरेका छन्।
सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनले स्वदेशी स्याउलाई प्राथमिकता दिँदै किसानको उत्पादनले उचित बजार र मूल्य पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
