‘प्रधानमन्त्री, मन्त्री र नेता पटकपटक दोहोरिँदा सबै दल उस्तै हुन् भन्ने सन्देश गयो’ – गगन थापा
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले भदौ २३ र २४ गतेको घटना निम्त्याएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री, मन्त्री र नेताहरू पटकपटक सत्तामा दोहोरिने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए।
थापाले राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाउँदा सबै दल र नेता उस्तै हुन् भन्ने सन्देश गएको बताए। जनताको असन्तुष्टि समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो।
उनले उक्त घटनाबाट पाठ सिक्दै कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए। १५औँ महाधिवेशनलाई विगतका कमजोरी समीक्षा गर्दै पार्टीलाई नयाँ दिशामा अघि बढाउने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
