नयाँ पुस्तालाई पार्टीमा ल्याउने कांग्रेसको योजना, क्रियाशील सदस्य संख्या ९ लाख ६९ हजार नाघ्यो
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलनमार्फत पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनका बेला क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार रहेको थियो। त्यसयता करिब १ लाख सदस्य थपिएका छन्।
प्रवक्ता चालिसेका अनुसार नयाँ पुस्ता, विशेषगरी जेनजी उमेर समूहलाई पार्टीमा जोड्ने र उनीहरूलाई केन्द्रीय समितिसम्म ल्याउने योजना अघि बढाएसँगै सदस्य संख्या बढेको हो।
कांग्रेसले नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यले सदस्यता विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
