`

मनोनयन पत्र लिन सभागृहमा उम्मेदवार र प्रतिनिधिको भीड [तस्वीरहरू]

Nepal One HD २० असोज २०८३ १२:०९
फोटोफिचर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै काठमाडौंको राष्ट्रिय सभागृहमा प्रतिनिधि तथा इच्छुक उम्मेदवारको भीड लागेको छ।

विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेका नेता तथा प्रतिनिधिहरू मनोनयन पत्र लिन र आवश्यक प्रक्रिया पूरा गर्न सभागृह पुगेका छन्।

सभागृह परिसरमा उम्मेदवार, प्रस्तावक, समर्थक तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ। विभिन्न पदका आकांक्षीहरू आफ्नो उम्मेदवारीबारे प्रतिनिधिसँग छलफल गर्दै समर्थन जुटाउने प्रयासमा छन्।

मनोनयन दर्ताको समय नजिकिँदै जाँदा सभागृह परिसरमा कांग्रेस नेताहरूको भेटघाट र राजनीतिक सरगर्मीसमेत बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *