दसैंको टीकाको साइत सार्वजनिक, कात्तिक ४ गते बिहान १०ः२६ बजे टीका लगाउन उत्तम
अध्यात्म
काठमाडौं । यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार सोही दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।
यस वर्ष असोज २५ गते घटस्थापना, कात्तिक १ गते महाष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजया दशमी मनाइनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
