१५औँ महाधिवेशनमा सबैले केन्द्रीय समितिमा उठ्न आवश्यक छैन – गगन थापा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा सबै नेताले केन्द्रीय समितिका लागि प्रतिस्पर्धा गर्न आवश्यक नरहेको बताएका छन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले स्थानीय तह वा प्रदेशको नेतृत्व गर्न चाहने नेताहरूले अहिले केन्द्रीय समितिमा उम्मेदवारी नदिन आग्रह गरे।
उनले पार्टीभित्र सबै पुस्ता र समुदायका नेताहरूका लागि आगामी दिनमा उचित राजनीतिक स्पेस सिर्जना गर्ने बताए। साथै, केन्द्रीय समितिमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई स्वस्थ र मैत्रीपूर्ण रूपमा लिनुपर्ने भन्दै चुनावमा हार्दैमा राजनीतिक यात्रा समाप्त नहुने बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
