`

प्रतिनिधिसँग भेटघाट तीव्र बनाउँदै प्रदीप पौडेल, महामन्त्रीमा गुटगत प्रभाव नरहने दाबी

Nepal One HD २१ असोज २०८३ २०:०२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तीव्र बनाएका छन्। उनले प्रतिनिधिसँग समर्थन माग्दै महामन्त्री पदमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए।

महाधिवेशन प्रतिनिधि आफैँ नेता भएकाले उनीहरूलाई कुनै गुट वा समूह बनाएर प्रभावित पार्न नसकिने पौडेलको भनाइ छ। उनले प्रतिनिधिहरूले कांग्रेसको भविष्यलाई ध्यानमा राखेर विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे।

पार्टीको विधि र व्यवस्थाभित्र रहेर आफू प्रस्तुत हुने बताउँदै पौडेलले पदाधिकारीको संख्या बढ्नुको कारण क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको संख्या बढ्नु रहेको स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *