`

कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने गगन थापाको प्रतिबद्धता, भने– ‘यहीँ अडिग भएर बसेको छु’

Nepal One HD २२ असोज २०८३ ९:३६
नेपाली कांग्रेस

काठमाडौं -नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले नयाँ पार्टी गठन गरेर नेतृत्व गर्न प्रस्ताव आए पनि आफूले लामो समयदेखि आबद्ध कांग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताए।

उनले कांग्रेसलाई परिवारका रूपमा बुझ्नुपर्ने र पार्टीभित्र सबै नेता–कार्यकर्ताको अधिकार समान रहेको बताए। बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार कांग्रेसले आफूलाई रूपान्तरण गर्दै जनताबीच आफ्नो सान्दर्भिकता र विश्वास पुनः स्थापित गर्नुपर्ने थापाको भनाइ छ।

युवाको बदलिँदो सोच र अपेक्षालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टीलाई आन्तरिक विवादमा अल्झाउन नहुने बताए। महाधिवेशनपछि कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई समेत फर्किन आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *