`

महामन्त्रीका उम्मेदवार सुनिल शर्मा भन्छन्– ‘नयाँ मार्गचित्रसहित कांग्रेसलाई रुपान्तरण गर्छु’

Nepal One HD २२ असोज २०८३ २१:१०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले पार्टीलाई नयाँ मार्गचित्रसहित अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले महाधिवेशनमा छुटेका नेता–कार्यकर्तालाई समेट्दै कांग्रेस रुपान्तरण गर्ने बताए।

शर्माले आफू संघर्षबाट अघि बढेको र कांग्रेसको इतिहासमा पहिलोपटक सुकुमवासी परिवारबाट महामन्त्री बन्ने दाबी गरे। उनले नागरिकले उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने तथा देशभरका गरिब र विपन्न नागरिकसँग प्रत्यक्ष जोडिने योजना पनि सुनाए।

मोरङ–३ बाट २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित शर्मा चिकित्सक तथा समाजसेवीका रूपमा परिचित छन्। कांग्रेसको १५औँ महाधिवेशनमा उनी महामन्त्री पदका लागि प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *